नयाँ पार्टीको पहिलो बरियतामा महन्थ ठाकुर, यस्तो छ बाबुराम र उपेन्द्रको हैसियत
काठमाडौं – राष्ट्रीय जनता पार्टी (राजपा) नेपाल र समाजबादी पार्टी नेपाल बीच एकता भएर बनेको जनता समाजबादी पार्टीको पहिलो बरियतामा महन्त ठाकुरलाइ राखिएको छ ।
राजपा नेपालका महासचिव केशव झाले दिएको जानकारी अनुसार एकीकृत पार्टीको मर्यादाक्रममा पहिलो स्थान महन्थ ठाकुरको रदोस्रो स्थान डा. बाबुराम भट्टराईको राखिएको जानकारी दिए ।
‘पार्टी एकता गर्दा अहिले दुई जना नेताको मर्यादाक्रम टुंगिएको छ जस अनुसार ठाकुर जी पहिलो स्थानमा र पूर्व प्रधानमन्त्री भट्टराईलाई दोस्रो स्थानमा राखिने भएको छ, ’झाले भने,‘ बाँकी नेताहरूको मर्यादाक्रम पछि तय गर्दै जाने सहमति भएको छ । ’
उपेंद्र यादव , अशोक राई, राजेन्द्र श्रेष्ठ, राजेन्द्र महतो सहित राजपाका अध्यक्ष मण्डलका अन्य सदस्यहरुको पनि टुंग्याउन बाँकी नै रहेको उनले बताए ।