प्रधानमन्त्री ओलीको सपना चकनाचुर, अव के हुन्छ ?

बिहिबार, ११ बैशाख २०७७

काठमाडौं – मदेशबादी दलहरुलाई फुटाउन जोड बल गरेका प्रधानमन्त्री केपी शर्मा ओली अन्तत फुटाउन असफल भएका छन । निर्वाचन आयोजमा एकिकरणपछि बनेको ‘जनता समाजवादी पार्टी’ दर्ता भएपछि ओलीको सपना चकनाचुर भएको छ ।

समाजबादी पार्टी फुटाउन सांसदको अपहरण समेत गरेको प्रधानमन्त्री ओली पार्टी फुटाउन नसकेपछि असफल भएका हुन । पार्टी फुटाउन लागेको सूचना पाउने वित्तिकै समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टीाबीचमा रातारात एकता भएपछि फुटाएर राजनीति गर्ने खोज्ने ओलीको सपना चकनाचुर भएको छ ।

बिहीबार बिहान दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका नेता राजेन्द्र महतोले पत्रकारहरुसँग कुरा गर्दै अहिले कोरोना भाइरसबाट जीवन रक्षा गर्ने काम प्राथमिकतामा परेकाले एकताको बाँकी काम पछि गर्ने गरि सहमति भएको बताए । उनले भने, ‘पहिले जनताको जीवन रक्षा गर्नुपर्‍यो । लकडाउनपछि एकताको बाँकी प्रक्रिया पूरा गर्छौं ।’

उनले समाजवादी र राजपाबीच सम्मानजनक एकता भएको दाबी गरे । बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । नेताहरुको पद बाँडफाँट गरिएको छैन । एकतापछि पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ भने झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ ।

यो एकताबाट पार्टीका कतिपय नेताहरु असन्तुष्ट रहेको र उनीहरुले पार्टी फुटाउने चर्चा चलिरहेको बेला नेता महतोले भने पार्टी नफुट्ने दाबी गरे । महतोले पत्रकारहरुसँग भने, ‘राजपा र समाजवादीमा फुट हुने कुनै सम्भावना छैन । सबै सम्मानजनक एकता गरेका छौं ।’

अव पार्टी फुटाउन १५ जना सांसदको आवश्यकता पर्नेछ ।