होटलबाट भागेर आएका सांसद यादवले भने, ‘मलाई सर्वेन्द्र खनालले अपहरण गरे’
काठमाडौं – पूर्वस्वास्थ्य राज्यमन्त्री तथा सांसद डा. सुरेन्द्र यादवले पूर्वआइजीपी सर्वेन्द्र खनाल, नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले जनकपुरबाट रातारात काठमाडौं रातारात अपहरेण गरि काठमाडौं ल्याएको बताए छन ।
प्रधानमन्त्री केपी ओलीले भेट्न खोज्नुभएको छ भन्दै झुक्याएर गलत मनसायले जनकपुरबाट काठमाडौं ल्याएको उनको भनाई छ । सांसद यादवले निकालेको विज्ञप्तिमा राजपा र समाजवादी पार्टी एक भएकोमा खुशी व्यक्त गरेका छन् ।
मधेसका जनताको मुद्दा उठाउँदै आएका पार्टीहरु एक हुनुपर्छ भन्ने आफ्नो सपना पूरा भएको भन्दै यादवले खुशी प्रकट गरेका हुन् ।
पार्टी एकीकरण भई निर्वाचन आयोगमा दर्ता भइसकेपछि सांसद यादवले भने, ‘मेरो सपना थियो, त्यो साकार भएको छ, आजको दिनमा तीनवटा पार्टीहरु एक हुनु योभन्दा राम्रो मेरा लागि अरु के होला र ।
अपहरेण शैलिमा राति ३ बजे काठमाडौं ल्याइएका सांसदले नेकपाको कब्जाबाट फुत्केपछि मिडियालाई आफू सुरक्षित भएको बताए छन ।