प्रचण्डको तेस्रो कविता : वैसाखी
यो सुन्सान शहर
बन्द कोठा भित्र
पागल झै बरबराई रहेछन् मान्छेहरु
रोइरहेछन ती हजारौं कलिला फूलहरु
छ्टपटाइ रहेछन कयौं भावनाहरु
चिच्याई रहेछन् ती आवाजहरु
बस् ! भोक भोकै मान्छेहरु
बन्द कोठा भित्र
मर्नु भन्दा बौलाउन निको भन्दै चिच्याई रहेछन
चिच्याई रहेछ्न
सरकारले सुन्ने गरि
बस् सरकारले सुन्ने गरि
तर सुन्ने बाहेक केही गर्न सक्दैन सरकार
चुपचाप चुपचाप सुनिरहेछ्न
यो अपाङ्ग मस्तिष्क भएका नेताहरुले
वैसाखी टेकाएर हिडाई रहेछ्न जनताहरुलाई
वैसाखी टेकाएर हिडाई रहेछ्न देशलाई
प्रचण्ड गौतम
हाल काठमाडौं
रामेछाप