झापामा पनि पैलियो कोरोना, ६२ वर्षीय बृद्धमा संक्रमण पुष्टि

शुक्रबार, १२ बैशाख २०७७

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी झापाकै आइसोलेशन अस्पतालमा रहेको मन्त्रालयले जनाएको छ ।