गजल : बाइजादी भै सुवा
मुलाई छाडी माया मारी बाइजादी भै सुवा
डाँडो काटी खोला पारी बाइजादी भै सुवा
को आओली र को बसली भनिकन होला
पिरतिको घर थाइ खारी बाइजादी भै सुवा
को धेक्न्या हो को बुझ्न्या हो अब मेरा दुख
बनाइ गइ दुखका भारी बाइजादी भै सुवा
नौला मान्छे नौलो साइनो नौलो तेरो पिर्ती
नौलाइ घर बसाइ सारी बाइजादी भै सुवा
रावत राजा
अछाम
(नोट : यो गजल अछामी भाषामा लेखिएको हो ।)
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा