कोरोना भाइरसबाट बच्ने उपायहरु
काठमाडौं – चीन को हुवाइ परदेशको उहान सहरमा पहिलो पटक देखिएको एउटा नयाँ प्रकारको भाइरस नोवेल कोरोनाभाइरस (कोभिड १९) को प्रकोप सन २०१९ को डिसेम्बरमा देखिएको थियो ।
यो एक सरुवा भाइरस हो । यो भाइरस विशवव्यापी रुपमा फैलिरहेको छ । यसले विश्वलाई नै आतंकित र त्रशित बनाए को छ । विश्वका शक्तिशाली राष्ट्रमा भयावह रुपमा फैलिएको छ । यसकै कारण कतिपय मानिसले अकालमा ज्यान गुमानु परेको छ । लाखौं मानिस संकर्मित छन । कतिपय उपचार पछि निको भएर घर फर्किएका छन ।
यसको औषधि आजसम्म पत्ता लागेको छैन । शक्तिशाली राष्ट्रहरु औषधि बनाउने क्रमा छन । यो भाइरस नेपालमा पनि फैलिने क्रममा छ । यो भाइरस सहरमा भन्दा गाउमा बढी फैलिन सक्छ । त्यसकरण गाउँमा निकै सचेत हुन जरुरी देखिन्छ । अहिले स्थानिय तहले आफ्नो पालिका भन्दा बाहिर रहेका नागरिकलाई उद्धार गरिरहेको छ ।
तर उद्धार गरिएका नागरिकलाई क्वारेन्टाइनमा राख्नु पर्नेमा क्वारेन्टाइनमा राखेको छैन । सिधै आफ्नो घर पठाइएको छ । कतिपय मानिस भारतबाट आएका होलान ।तिनिहरुको स्वास्थ चेक जाँच गरि मात्र घर पठान जरुरी छ । यदि समयमै ध्यान नदिय यसले नेपालमा निकै ठूलो समस्या आउन सक्छ । हाम्रो देश अर्काको भरमा छ । यदी छिमेकी देशले सहयोग नगरेमा नेपालमा विभिन्न किसिमका समस्या भोग्नुपर्ने छ ।
त्यसै त हाम्रो देश गरिवी त्यसमा कोरोना भाइरस हामीमा निकै ठूलो समस्या आउन सक्छ । समयामै सचेत भयौ भने हामी कोरोना भाइरसबाट बाँच्न सक्छौ ।हाम्रो देश अन्य मुलुकको सहयोग विना केही गर्न सक्दैन । कोरोना भाइरस ट अहिले विश्वमा एउटा निकै ठूलो चुनौतीका रुपमा देखिएको छ यसका लागि विभिन्न राष्ट्रहरु निकै ठुलो खोज र अनुसन्धानमा छ्न । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसलाई निर्मुल पार्न विभिन्न खोज र अनुसन्धान मा लागिरहेको छ ।
कोरोना भाइरस कोभिड १९ बाट बच्च निम्न कुरामा ध्यान दिन जरुरी छ।
१) सबभन्दा पहिलो सरकारले घोषण गरेको लकडाउनको पालना गनै ।
२) घरपालुवा जनावरको सम्पर्कबाट टाढा रहन । सम्पर्कमा रहेपनि सावुन पानीले हात छुने ।
३) माछा मासु सक्दो प्रयास नखाने, यदी खान परे राम्रोसँग पकाएर खाने ।
४) खोक्दा हाच्छयु गर्दा रुमालले राम्रोसँग नाकमुख छोप्ने ।
५) व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने ।
६) हात मिलाउनुको सट्टा दुई हात जोडी टाढैबाट नमस्कार गर्ने ।
७) विदेशबाट आएको मान्छेको सम्प्रकमा नजाने ।
८) अत्यावश्यक काम बाहेक घर भन्दा बाहिर नजाने ।
९० भिडभाडमा नजाने यदी गहिहाले पनि उचित सावधानी अपनाउने ।
११) पौस्टिक आहारको सेवन गर्ने ।
१०) जथाभावी जताततै हातले नछुने ।
११) साबुन पानीले पटक पटक हात धुने ।
१२) साबुन पानीले हात धौपछि गुणत्रिय सेनिटाइजर प्रयोग गर्ने ।
१३) बाहिर कतै जान परे अनिवार्य माक्र्स लगाउने ।
१४) तातो पनि पिउने, फलफूल तरकारी राम्रोसँग धोए मात्र खाने ।
१५) सामाजिक दुरि कायम गर्न ।
१६) १००.४ डिग्री भन्दा माथि ज्वरो आएमा, खोकी लागे, स्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकैको स्वास्थ संस्थामा खबर गर्ने ।
१७) नचिनेको व्यक्ति आफ्नो समाजमा आए तुरुन्ता प्रहरीलाई खबर गर्ने ।
१८) नियमित शारिरीक ब्याम गर्ने ।
माथिका उपायहरु अपनाएमा हामी कोरोनाभाइरसबाट जोगिन सक्छौ । सरकारले गरेका नियमको पूर्ण रुपमा पालना गरौँ ।
