उत्तर कोरियाली नेता किम जोङ मृत्युको खबर भाइरल, कस्तो छ स्वास्थ्य अवस्था ?

आइतबार, १४ बैशाख २०७७

काठमाडौं – उत्तर कोरियाली नेता किम जोङको मृत्यबारेका समाचार भाइरल भएका छन । चीनका केही सामाजिक सञ्जालहरुमा कोरियाली नेता किमको मृत्यु भएको अलग अलग दाबी गर्दै भाइरल बनेका छन् ।

चीनमा किमको मृत्युको खबर भाइरल बनिरहँदा जापानमा भने उनी हिँडडुल गर्न थालेको समाचार बाहिरिएको छ । १२ अप्रिलमा मुटुको शल्यक्रिया गरिएका भनिएका नेता किमको स्वास्थ्यबारे सल्लाह दिन चीनले एक टोली प्योङयाङ पठाएको छ ।

रोयटर्सले चिनियाँ टोली पठाएको उल्लेख गर्दै सो टोली पठाउनुको उद्देश्यबारे केही बताउन नसक्ने उल्लेख गरेको छ । तर अबेर राति हङकङमा चीन समर्थित एक समाचार च्यानलले किमको मृत्यु भएको समाचार प्रशारण गरेको थियो ।

यसअघि शल्यक्रियापछि उनको अवस्था गम्भीर रहेको भन्ने खबरको चीन र दक्षिण कोरियाका अधिकारीहरुले खण्डन गरेका थिए । दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियामा कुनै असामान्य अवस्थाको संकेत नदेखिएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाली नेता किमको स्वास्थ्य खराब भएका दाबी झुठो भएको बताएका थिए ।

उनको स्वास्थ्य अवस्थाको रहस्य झनै गहिरिदै गएको छ । शल्यक्रियापछि उनको अवस्थालाई लिएर प्रश्न उठ्ने गरेको छ ।