झापाका अर्का एक जनामा पनि कोरोना पुष्टि, संक्रमितको संख्या ५२ पुग्यो

आइतबार, १४ बैशाख २०७७

काठमाडौं – नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड –१९) को संक्रमण पुष्टि भएको छ । झापाका ५० बर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आइतबार कोशी अस्पताल विराटनगरको् प्रयोगशालामा कोरोना परिक्षण गर्दा पोजेटिभ रिपार्ट आएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालका कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । उनीहरु मध्ये १६ जना निको भएर घर फर्किसकेका छन ।