नेकपाकी नेतृ चन्द पुनः पक्राउ
दाङ – विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई प्रहरीले पुनः पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङले आइतबार रिहा गर्न आदेश दिएपनि प्रहरीले पुनः पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यलय दाङबाटै चन्दलाई पुनः पक्राउ गरि कपिलवस्तु लगेको छ । बन्दी प्रत्येक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दा बन्दीलाई स्थान परिवर्तन नगर्नु भनी आदेश दिएपछि उनलाई पुनः पक्राउ गरि कपिलबस्तु लगिएको छ । अदालतको आदेश विपरीत चन्दलाई कपिलवस्तु लगिएका नेकपाले जनाएको छ ।
कोरोना भाइरस संक्रमणको सन्त्रासमा दुनियाँ लकडाउनमा छ तर आस्थाका राजबन्दीहरुलाई अहिले पनि यस्तो व्यवहार छ । चन्द्र नेकपाकी केन्द्रीय सदस्य समेत हुन ।