लालबन्दीका असिना र हुरी पिडितलाई राहत वितरण
सर्लाही – केही दिनअघि आएको हावाहुरी तथा असिना पिडितले राहत पाएका छन । सर्लाहीको लालबन्दी नगरपालिका १५ र १६ नम्बर वडाका करिब २० घर परिवारलाई रेडक्रस लालबन्दीले राहत वितरण गरेको हो हो ।
असिना र हुरीका कारण घरको छाना उडेर बस्नै नहुने २४ घर परिवारलाई रेडक्रसले राहत स्वरुप, त्रिपाल, भाडाकुडा र कपडा वितरण गरेको हो । रडक्रसले राहत वितरण गरेपछि हुरी तथा असिना पिडितका लागि भने लालबन्दी नगरपालिकाले कुनै चासो देखाएको छैन ।