उद्योगी व्यवसायीलाई खुशीको खवर, कर तिर्ने अवधि बढ्यो

बिहिबार, १८ बैशाख २०७७

काठमाडौं – सरकारले चैत र वैशाख महिनामा भूक्तानी गर्नुपर्ने अधिकांश करको भुक्तानीको समयावधी २५ जेठसम्मका लागि बढाएको छ । १४ वैशाखको मन्त्रिपरिषदले कर तिर्ने समय १ महिना थप्ने निर्णय गरेको हो ।

यसअघि १६ चैतमा बसेको मन्त्रीपरिषद् बैठकले कर तिर्ने समय २५ वैशाखसम्म सारेको थियो । तर, यस अवधिमा पनि लकडाउन खुकुलो हुने अवस्था नआएपछि अर्थ मन्त्रालयले कर भुक्तानी गर्न सकिने अवधि एक महिना थप्ने निर्णय गरेको हो ।

लकडाउन लम्बिएपछि करदाता बैंक वा कर कार्यालयसम्म पुग्न पाएका छैनन् । यसअवधिमा आर्थिक गतिविधि समेत ठप्प प्रायः छन् । तर, अहिले कर कार्यालयहरुले भने कार्यालयसम्म आउने करदाताको चेक आफैले बैंकसम्म पुगेर साटिदिने गरेका छन् ।