नेपालगञ्जका कोरोना संक्रमित ब्यक्ति कर्णालीका पाँच सय जनासँगै बसेको खुलासा

शुक्रबार, १९ बैशाख २०७७

नेपालगञ्ज – बाँकेको नेपालगञ्जका कोरोना संक्रमित ६० वर्षका पुरुषसँग कर्णाली प्रदेशका पाँच सय जना एउटै क्वारेन्टाइनमा बसेको पाइएको छ । एक महिनाअघि भारतको बहराइचबाट आएका उनी महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेको थिए ।

क्वारेन्टाइनमै रहेका बेला भागाभाग गरेका मध्ये धेरैजसो कर्णाली अञ्चलका विभिन्न जिल्लातिर गएका थिए भने उनी भारतको बहराइचतिर घुम्न गएका थिए । उनी भारतबाट नेपालगञ्ज आउने जाने गरिरहेका थिए ।

उनी एक महिनाअघि महेन्द्र वहुमुखी क्याम्पस नेपालगन्जको क्वारेन्टाइनमा कर्णाली अञ्चलका विभिन्न जिल्लाका पाँच सयजना भन्दा बढी व्यक्तिसंगै क्वारेन्टाइनबाट बसेका थिए ।

उनीसंग सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी (ट्रेसिङ) कार्य शुरु भइसकेको उनले बताए । कोरोना संक्रमित व्यक्ति गाउँ छाडेर मस्दिजमै बस्दै आएका थिए ।