प्रधानमन्त्री ओलीको अर्को कर्तुत सार्वजनिक, बालुवाटारमा यति ठूलो षड्यन्त्र !
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको अर्को कर्तुत सार्वजनिक भएको छ । उनका नजिकका मान्छेहरुले प्रधानमन्त्री निवास बालुवाटारबाटै सांसदलाई धम्की दिएको खुलासा भएपछि प्रधामन्त्रीको अर्को कर्तुत छताछुल्ल भएको हो ।
अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओली पक्षले चलाइरहेको हस्ताक्षर अभियानमा सामेल नहुने सांसदहरुलाई ओलीका निकटस्थहरुले बालुवाटारबाटै धम्क्याएको खुलासा भएको हो ।
शुक्रबार मात्रै राष्ट्रियसभा सदस्य शारदा भट्टलाई प्रधानमन्त्री ओलीको किचन क्याविनेट बताउने गौरी ओलीले यस्तो धम्की दिएकी हुन् । गौरीले ‘प्रधानमन्त्रीलाई भोलि निकाल्दै छन् यस्तो बेला बहानावाजी नगर्नुस् बालुवाटार तुरुन्त आएर हस्ताक्षर गर्नुस्’ भनेपछि भट्टले आफू यस्तो खेलमा नलाग्ने जवाफ दिएकी थिइन् ।
तर भट्टले यसो भन्नेबित्तिकै ओलीले ‘तपाईं प्रधानमन्त्रीसँग टक्कर लिने ? धेरै बहानाबाजी नर्गनुस्, तुरुन्त बालुवाटार आएर हस्ताक्षर गर्नुस्’ ओलीको धम्की उदृत गर्दै स्रोतले भन्यो, ‘नेपालमा जे पनि हुनसक्छ, तपाईं नराम्रोसँग फस्न सक्नुहुन्छ।’
भट्ट नेकपाकी सांसद मात्र नभएर कैलालीकी पुरानो कार्यकर्ता समेत हुन् । उनी शुक्रबार एक कार्यक्रममा भइरहेका बेला यस्तो धम्कीयुक्त फोन आएको थियो ।
लोकतन्त्र र प्रजातन्त्रको दुहाई दिने प्रधानमन्त्री र उनका नजिकका बाटै यस्तो हर्कत भएको थाहा पाएपछि सहभागीहरु आश्चर्यचकित बनेका थिए । यसविषयमा भट्टले आफूलाई बालुवाटारबाट बोलाइएको बताउँदै थप कुरा पछि खुल्दै जाने बताइन् ।
यता गौरीले भने सरकार अप्ठ्यारोमा परेको बेला प्रधानमन्त्रीलाई सहयोग गर्न भट्टलाई आफूले अनुरोध मात्र गरेको दावी गरिन् । उनले अनुरोधलाई धम्की भन्दै भट्टले नै अनावश्यक अफबाह फैलाएकोसमेत आरोप लगाइन् ।
उनले भनिन्, ‘तपाईँ सांसद हो, उहाँ प्रधानमन्त्री हो । प्रधानमन्त्रीलाई अप्ठ्यारो परेको बेला सहयोग गर्नु तपाईँको दायित्व हो । मैले यति भनेकै हो ।’
नेकपाकी केन्द्रीय सदस्य रहेकी गौरी सुदूरपश्चिम प्रदेशकै डोटी जिल्लाकी हुन् । पछिल्लो समय प्रधानमन्त्री ओलीमाथि प्रधानमन्त्री र पार्टी अध्यक्ष पद छाड्न चर्को दवाव परेको छ। पार्टीभित्र कुनै छलफल नगरी दुई विवादास्पद अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो ।
यस्तो अवस्थामा ओलीले संसदीय दलमा आफ्नो बहुमत सिद्ध गर्नका लागि सांसदहरुको हस्ताक्षर अभियान जारी राखेका छन् । प्रतिनिधिसभाको संसदीय दलमा आफ्नो बहुमत देखाउन ओली कम्मर कसेर लागेको अवस्थामा राष्ट्रिय सभाका सांसद समेतलाई किन हस्ताक्षर गर्न दवावसहित धम्की दिइयो त्यो रहस्यको विषय बनेको छ ।
दुई दिनअघिमात्रै उपाध्यक्ष बामदेव गौतम पत्नी तुलसा थापाले पनि प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेकी थिइन् ।