नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

आइतबार, २१ बैशाख २०७७

काठमाडौं – नेपालमा थप १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आज थप १० जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस संगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । यष्समध्ये १६ जना निको भएर घर फर्किसकेका छन ।