सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार पक्षको भुमिका
कोहलपुर – नेपालको सार्वजनिक सेवा प्रवाहको विषयलाई लिएर वेलावेलामा बहस हुने गरेका छन । नेपालको कर्मचारीतन्त्रका केही खराव प्रबृति र नियतका कारण नेपालको सार्वजनिक सेवा बदनाम बनेको छ ।
भनिन्छ, समान अर्थात स्तरीय सार्वजनिक सेवा प्रवाह जिम्मेवार पक्षको एउटा प्रमुख दायित्व हो । सर्वसाधारण र नागरिक माथिको शासन मात्र नभइ नागरिक प्रतिको उत्तरदायित्व, असल शासनको विधिबाट कुनै पनि कार्य संचालन गर्नु पनि सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार पक्षको महत्त्वपूर्ण भुमिका नै रहन्छ र
यधपी नागरिकले सम्बन्धित क्षेत्र अर्थात जिम्मेवार पक्षबाट सेवाको स्तर लागत समय र मात्रा निरन्तरताको माध्यमबाट सार्वजनिक सेवा विषयक विवरणको मापन गर्दछ यही मापनको अधारमा कुनैपनी निकाय वा जिम्मेवार पक्ष प्रतिको परामर्श र विमर्श सिर्जना हुन्छ ।
२१ औं शताब्दीको आजको अवस्थासम्म आइ पुग्दा भिन्नभिन्न शासक परिवर्तित प्रयोगमा कार्यसंचालन भैसकेको पाइन्छ यस्ता खालका परिवर्तित कालखण्डको प्रमुख अनि अन्तिम लक्ष्य सर्वसाधारण र नागरिकको आवश्यक सेवा प्रवाह र त्यसबाट प्राप्त कार्य सन्तुष्टिको साथ साथै समुन्नति प्राप्ति पनि हो ।
सार्वजनिक सेवा प्रवाहलाई सुदृढ र प्रभावकारी बनाउन सार्वजनिक सेवाको कार्यसंचालन विधि छिटो छरितो गुणस्तरयुक्त, जनसहभागिता मुलक सामाजिक जनअपेक्षानुकुल र निश्चित समय सिमाभित्र उपलब्ध न्यायमा आधारित हुनुपर्ने देखिन्छ । सार्वजनिक सेवा प्रवाह अन्तर्गत पुर्वाधार विकास भित्रका सम्पुर्ण क्षेत्र, मनविय संसाधन विकासका क्षेत्र, मौलिकहक अन्तर्गतका क्षेत्र, लोककल्याणकारी विकास क्षेत्र, ब्यवसायिक र औधोगिक विकास क्षेत्र, आधारभुत आवश्यकता परिपुर्ति विकास क्षेत्र जस्ता सेवाहरु सार्वजनिक सेवा प्रवाह र जिम्मेवार पक्षको भुमिका भित्र पर्दछ्न ।
तसर्थ जिम्मेवार पक्षको एकाधिकारबादी परिकल्पना युक्त सोच परिवर्तन गरेर प्रतिस्पर्धात्मक क्षामता अभिबृदी गर्न तथा प्रतिस्पर्धात्मक वातावरण सृजना गर्न सक्नु पर्दछ ।
नेपाली उखान ‘हात्ती आयो हात्ती आयो फुस्स’ भने झैँ वर्तमान परिपेक्षमा परिमाण भन्दा प्रक्रिया मुखी सोच आत्मकेन्द्रित निर्णय, सार्वजनिक सुनुवाइ र सूचना हकको प्रभावकारी ब्यवस्थापनको कमिको कारण आलोचनात्मक र सार्वजनिक सेवाको कार्य संचालन प्रक्रिया मार्फत सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार पक्षको भुमिका प्रति सफल अनि सक्षम हिसाबले कमजोर छ भन्ने विषयमा दुई मत नहोला ।