प्रधानमन्त्रीको आक्रोस : लकडाउनबारे सिएमसीका सदस्यलाई दिए कडा निर्देशन

बुधबार, २४ बैशाख २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाउने विषयमा आक्रासीत बनेका छन । उनले अहिले लकडाउन खुकुलो पार्ने बेला नआइसकेको भन्दे यसबारेमा कुुरा नर्गन सबैलाई आग्रह समेत गरेका छन ।

कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट टिम (सिएमसी) ले तयार पारेको लकडाउन खुकुलो गर्ने ‘मोडालिटी’ लाई प्रधानमन्त्री ओलीले अहिले जरूरी नरहेको बताएका थिए।

‘सिएमसीले ग्रिन जोन, यलो जोन र रेड जोन बनाउने प्रस्ताव ल्याएको थियो,’ एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीले अहिले नै यो क्षेत्र तोक्ने बेला भएको छैन कि, विचार गर्नुस् भन्नुभयो।’

भारतमा कोरोना संक्रमण बढिरहेको र हुनुपर्ने परीक्षण पनि नभइनसकेकाले अहिले नै जोखिममुक्त भइयो भनेर नठान्न समेत प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए।

प्रधानमन्त्री ओलीले उच्च स्तरीय समन्वय समिति र सिएमसीको संयुक्त बैठक बालुवाटारमा राखेका हुन्।

सोमबार बसेको उच्च स्तरीय समन्वय समितिको बैठकमा लकडाउन ‘मोडालिटी’ परिवर्तन गरेर संक्रमण नभएका ठाउँहरूमा खुकुलो बनाउन सकिनेबारे छलफल भएको थियो। यद्दपी काठमाडौंलाई भने उच्च जोखिममा राख्ने समेत भनिएको थियो।

समन्वय समितिकै निर्देशनअनुसार लकडाउन खुकुलो पार्ने ‘मोडालिटी तयार पारिएको हो।