बुटवलका कोरोना संक्रमित विरामीको गोप्य भिडियो सार्वजनिक, हेर्नुहोस् के गर्दैछन उनी ?
बुटवल – रुपन्देहीको बुटवलस्थित धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा भर्ना भएका कोरोना संक्रमित युवाले नाचेर दिन कटाउने गरेका छन् ।
जिल्लाको कोटहीमाई गाउँपालिकाका कोरोना संक्रमित युवा नाचेको भिडियो प्राप्त भएको छ । काठमाडौंमा ती युवाको स्वाब जाँच गर्दा गत शुक्रवार रिपोर्ट पोजेटिभ देखिएपछि हस्पिटलको आइसोलेन वार्डमा भर्ना गरिएको थियो । ५० जना कोरोना संक्रमित राख्न मिल्ने क्षमताको आइसोलेसन वार्डमा ती संक्रमित युवालाई एक्लै राखिएको छ ।
अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले एक्लै अस्पतालमा बस्दाबस्दै दिन कटाउन गाह्रो भएपछि संक्रमति युवा नाच्ने गरेको पुष्टि गरे । डा. थापाले भने, ‘एक्लै भएर बोर लाग्दो हो । नाचेका रहेछन् । नाच्दा पनि शरीरलाई फाइदा नै हुन्छ ।’
बुटवलको कोरोना अस्पतालमा उनीबाहेक अरु बिरामी छैनन् । ‘आइसोलेसनमा आउने बिरामीलाई स्वास्थ्य सम्बन्धी जानकारी दिने र समय कटाउन सजिलो होस् भनेर गीत लगाइदिने गरिन्छ । गीत लगाउँदा उनी नाच्ने गर्छन्,’ अस्पताल स्रोतले भन्यो।
संक्रमित २५ वर्षीय युवा लकडाउनको समयमा वैशाख ५ गते भारतबाट लुकीछिपी रुपन्देही प्रवेश गरेका थिए । ती युवामा कोरोनाको कुनै लक्षण देखिएको छैन । उनी नाच्दै गरेको भिडियो लोकान्तर डटकमले सार्वजनिक गरेको हो ।
हेर्नुहोस् नाच्दै गरेको भिडियो