काठमाडौंका कोरोना संक्रमित विरामीमा पुनः देखियो कोरोना पोजेटिभ
काठमाण्डौ – उपचारपछि निको भएर घर फर्किएका काठमाडौंका एक जनामा पुनः कोरोना संक्रमण पोजेटिभ देखिएको छ । काठमाडौंको सनसिटीमा बस्दै आएका युवामा पुनः कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले उपचारपछि निको भएका ती युवामा फेरि सङ्क्रमण देखिएर अस्पतालमा भर्ना भएको बताए ।
यसअघि भारतबाट फर्केका रौतहटका एक युवकमा र वीरगन्जका भारतीय नागरिक (जमाती)मा पनि पुनः संक्रमण देखिएको थियो ।