नेकपा सचिवालय बैठक स्थगित, प्रचण्ड–नेपाललाई झट्का

बुधबार, २४ बैशाख २०७७

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक स्थगित भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाललाई ठुलो झट्का लागेको छ ।

बैठक स्थगित भएसँगै उनीहरुको मागपनि अन्यवल भएका छन । शनिबार बसेको सचिवालय बैठकले २५ गते स्थायी कमिटीको बैठक बोलाइएको थियो । तर बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकको प्रस्ताव तयार पार्न नभ्याएको बताएका थिए ।

‘सचिवालयले हामीलाई प्रस्ताव तयार पार्ने जिम्मा दिएको थियो । हामीले भ्याएनौं’ महासचिव विष्णु पौडेलले भने, ‘भोलिको बैठक स्थगित भएको छ । अर्को बैठकको मिति पछि तय हुन्छ ।’