अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका स्वकिय सचिवमा कोरोना संक्रमण पुष्टि

शुक्रबार, २६ बैशाख २०७७

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका सहयोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यो पष्टि भएसंगै अब ह्वाइट हाउसमा कारोना भाइरसको परीक्षणको दायरा बढाइने भएको छ ।

राष्ट्रपति ट्रम्पको निकट सम्पर्कमा काम गर्ने एक सहायोगीमा कोरोना भाइरस देखिएपछि यस्तो निर्णय लिइएको हो । ट्रम्पले भने, ‘हालसम्म परीक्षण हप्तामा एक पटक हुन्थ्यो भने अब यो दैनिक हुनेछ ।’

संक्रमित व्यक्तिबारे कुरा गर्दै उनले भने, ‘मेरा ती व्यक्तिसँग निकै कम सम्पर्क थियो ।’ सीएनएनका अनुसार संक्रमित व्यक्ति ट्रम्पका एक निजी सेवक हुन् ।

ट्रम्पले बुधबार र बिहिबार आफ्नो पनि कोरोनाभाइरसको परीक्षण भएको बताए ।

यसअघि पूर्व प्रेस सेक्रेटरी होगन गिडलेले ह्वाइट हाउसमा काम गर्ने यूएस मिलिट्रीका एक सदस्यको स्याम्पल पोजिटिभ आएको जानकारी दिएका थिए ।

स्रोतः बीबीसी