कोरोना विरामीको उपचारमा खटिएका तीन डाक्टरले गरे आत्महत्या

शुक्रबार, २६ बैशाख २०७७

काठमाडौं – कोरोनाभाइरसका विरामीको उपचारमा संलग्न तीन जना डक्टरहरुले आत्माहत्या गरेका छन । रसियाको एक अस्पतालमा कार्यरत डाक्टरहरुले कार्यबोझ भएकाृे भन्दै आत्माहत्या गरेका हुन ।

महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न उनीहरुले अति कार्यबोझ भएको भन्दै अस्पतालको झ्यालबाट हाम फालेर आत्माहत्या गरेको रसियाका संचारमाध्यमहरुले बताएका छन्।

ती चिकित्सकमध्ये दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो। विगत दुई साताको अवधिमा भएका यी घटनाहरुको यथार्थ पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ।

रसियामा सयौंको संख्यामा चिकित्साकर्मीहरु नै कोरोनाभाइरसबाट संक्रमित भएका छन्। रसियाको राजधानी मस्कोबाट ५०० किलोमिटर दक्षिणस्थित भोरोनेज क्षेत्रमा कार्यरत डा अलेक्जान्डर शुलेपोभको गत मे २ मा आफू कार्यरत अस्पतालको दोस्रो तलाबाट हामफालेका थिए भने अप्रिल २५ मा डा येलेना नेपोमन्यास्चाया नाम गरेकी चिकित्सकको अस्पतालकै पाँचौं तलबाट हामफालेकी थिइन ।

उनको मे १ तारिखका दिन अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा मृत्यु भएको थियो। त्यस्तै अप्रिल २४ मा मस्कोस्थित एक अस्पतालको झ्यालबाट खसेर डा नताल्या लेभेदेभाको मृत्यु भएको थियो ।

रसियामा एक दर्जनभन्दा बढी अस्पतालका चिकित्सकहरुले व्यक्तिगत सुरक्षा सामग्रीको अभाव रहेको तथा संक्रमण रोक्ने कार्यविधिमाथि प्रश्न उठाउँदै आएका छन्।

चिकित्सकहरुलाई सार्वजनिक रुपमा आफ्ना पीरमर्का भन्न रोक लगाइएको र कुनै चिकित्सकले सरकारी आदेशको बेवास्ता गरे जागिरबाट हटाउने धम्की दिने गरिएको चिकित्सकहरूको भनाइ छ।

समाचारहरूमा अस्पतालका झ्यालबाट हामफाल्ने चिकित्सकमध्ये दुई जनाले कार्यस्थलका विषयमा विमती राखेका थिए भने तेस्रो व्यक्तिमाथि साथीलाई कोरोना सारेको आरोप लगाइएको थियो।