बालुवाटारमा ओली प्रचण्डको गोप्य वार्ता, के-के भयो कुराकानी ?

शुक्रबार, २६ बैशाख २०७७

काठमाडौं – संसद बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ बीच गोप्य वार्ता भएको छ । ओली प्रचण्डबीच भएको गोप्य बैठकमा बजेट र नीति तथा कार्यक्रमका विषयमा कुराकानी भएको थियो ।

गोप्य रुपमा दुई अध्यक्षबीच छुट्टै कुराकानी भएको नेकपा संसदिय दलका उपनेता सुवास नेम्वाङले बताए । वालुवाटार श्रोतका अनुसार दुई नेताबीच स्थायी समिति बैठकबारे कुनै छलफल भएन । तर बजेट तथा निती कार्यक्रमबारे छलफल भएको थियो ।

यसअघि स्थायी समिति बोलाउनुपर्ने नेताहरुको माग अनुसार दुई अध्यक्षले सल्लाह गरेर बैठक बोलाउने अध्यक्ष प्रचण्डले बताएका थिए ।