नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, २६ बैशाख २०७७

काठमाडौं – नेपालमा थक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको कोरोना परिक्षणमा नेपालगञ्जका १६ बर्षिय युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीसँगै नेपालका कोरोना संक्रमितको संख्या १०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रबक्त डा. विकास देवकोटका अनुसार उनीहरुमध्ये ३० जना उपचार पछि निको भएर घर फर्किसकेका छन ।