सरकारलाई बाबुरामको प्रश्न : त्यो भिडियो हेर्दा पनि आँसु आएन ? (भिडियो सहित)

शुक्रबार, २६ बैशाख २०७७

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विदेशमा रहेका नेपालहरुको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेका छन ।

शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै समाजवादी पार्टीका नेता भट्टराईले अरुले विदेशमा अलपत्र नेपालको बारेमा जानकारी गराउँदै तत्काल उद्धार गर्न आग्रह गरेका हुन । उनले

भारतको गोवामा सरकारले नेपालीहरुलाई ‘घर जाऊ’ भनेको सुनाउँदै उनले अघि भने, ‘हाम्रो सरकारले ठोस निर्णय गर्न सकेको छैन । नेपालीहरु अलपत्र परेका छन् ।’

‘अहिले एउटा भिडियो भाइरल भएको छ, यसबाट पनि हाम्रो आत्मा पग्लिएन । आँखाबाट आँसु आएन भने हामीले आफैंलाई सोध्नुपर्छ, हामी मानव हौं कि होइनौं ?’

भट्टराईले उल्लेख गरेको भिडियो भारतको क्वारेन्टाइनमा राखिएका नेपालीहरुमाथि भएको हप्कीदप्कीको हो । उक्त भिडियोमा भारतीय अधिकारीहरुले नेपालीहरुलाई हामीले बोलाएर आएको हो ? तिमी आफैं आएका हौं । तिमीलाई हामी कसरी पाल्न सक्छौं ? जहाँ जान्छौ जाऊ भनिएको छ । तर नेपालीहरुले हात जोडेर म कहाँ जाऊँ ? बस्न देऊ भनिरहेका छन् ।

भट्टराईले भने, ‘नेपालीहरुको यस्तो अवस्थामा सब ठीकठाक छ भनेर बस्न मिल्छ ?’