एकाविहानै थपिए ७ जना कोरोना संक्रमित

शनिबार, २७ बैशाख २०७७

काठमाडौं – शनिबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय प्रयोगशाला काठमाडौं र प्रदेशिक प्रयोगशाला वीरटनगरमा गरिएको परिक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु मध्ये ३ जना उदयपुर भुल्केका, ३ जना कपिलबस्तुका र १ जना वीरगन्जका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु संगै नेपालमा कोरोना संक्रमित संख्या १०९ पुगेको मन्त्रालयका सह-प्रबक्त डा. समिर कुमार अधिकारीले बताए ।