सुत्ने विषयमा विवाद हुँदा कान्छि श्रीमतिको हत्या
काठमाडौं – दुईटा श्रीमतीका पतिलाई ‘कोसँग सुत्न’ भन्ने विषयमा विवाद हुँदा श्रीमानले कान्छि श्रीमतीको हत्या गरेका छन । सामान्य विवादले उग्ररुप लिँदा पूर्वी चितवनमा शनिबार राति एक पुरुषले आफ्नी कान्छि श्रीमतीको हत्या गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालका अनुसार राति ९ः४५ बजेको समयमा घटना भएको हो । हत्या गर्ने कृष्णप्रसादलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । परीक्षणका लागि शवलाई भरतपुर अस्पताल ल्याइएको छ ।
घटनाबार थप अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए ।