दिनदहाडै नेपाल आमाको बलत्कार हुँदा म कसरी हेरुँ !
काठमाडौं – नेपाल आमाँको बलत्कार भएको म कसरी हेरुँ
फेरी आज हरेक नेपालीको रगत उम्लिएको छ
अनि फेरी नारा घन्किएको छ
हाम्रै हो लिपुलेक हाम्रै हो काला पानी
हाम्रै हो सुस्ता हाम्रै हो नाला पानी ।।
यी त देखिएका केही अपवादका घटनाक्रम मात्र हुन । जब जब सिमा मिचिन्छ तपाई हामी सोसल मिडियामा आफ्नोविरोधपूर्ण अभिव्यक्ति प्रकट गर्छौ । केही अनलाईन पत्रपत्रिकाले पनि लेखेको जस्तो गर्छन । केही पार्टीका भातृ संगठनले बिरोध गरेको जस्तो गर्छ । विपक्षी पार्टी बोल्न खोज्यो कि जस्तो गर्छ ।
सरकारकै पार्टीले पनि सरकारलाई ध्यानाकर्षण पत्र थमाउछ, विप्लव दाजैको पनि प्रतिकृया हल्का कडानै आउछ । डलरवादी एनजीओ अनि आइएनजिओ पनि हल्का बोलको जस्तो गर्छन । राजावादीहरु पनि राष्बावद झल्काउने प्रयास गर्छन । सडकमा पनि हल्का तमासा देखाएको देखिन्छ । केही दिन बिस्तारै बित्दै जान्छ अनि हामी चाँहि चुप चाप चलिरहेछ सदियौ देखि ।
किन यस्तो भईरहेको छ त ? किनकी, यसको समस्या समाधान हुन सकिरहेको छैन । सायद तपार्इ हाम्रो सानो तिनो दबाबले सरोकारवाला र तिनका नेतासम्मलाई मात्र घच्घचाउने काम गर्दछ । यसको दिर्घकालिन साबाधान भनेकै दुई पक्षिय र त्रिपक्षिय कुटनीतिक पहल नै यसको समाधान हो । त्यसको लागि सर्वप्रथम त यस्ता राष्टि«य मुद्धाहरुमा राष्टि«य समझदारिको अत्यन्तै आजको आवश्यता छ ।
होला पार्टी पार्टीको फरक धार होला तर राष्टि«य अस्तित्वका कुराहरुमा सबै पार्टीले साझा धारणा बनाउन आवश्यकता छ । सर्वप्रथम त अव्यवहारीक सन्धि÷सम्झौता खारेज गर्नुपर्छ । कति सन्धि सम्झौता समय सकिसकेको अवस्थामा अझै त्यही सम्झौतालाई आधार मान्दै विस्तारवादले आफ्नो चङगोल बिछ्याई रहेको छ ।
हामी दक्षिणलाई मात्र गाली गर्ने गर्छौ त्यो भन्दा खतरनाक घण्टी उत्तरबाट बज्न सुरु भैसकेको छ । दिन दहाडै हाम्रो सिंहदरबार अगाडि हाम्रो प्रहरी प्रशासनलाई हस्तक्षेप गर्ने साहस कहाँबाट आउछ । अनि हाम्रो प्रशासन किन मौन बसेका छ आज ।
आज त्रिपक्षिय सिमानाका लिपुलेकको विवाद हुँदा चीन किन मौन छ ? उत्तरबाट सिजिङपिmङको मौन समर्थन किन भारतप्रतिनै भएको होला ? यस्तै यस्तै प्रश्नहरुको उत्तरका लागि यथा शिघ्र पहिले नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक गर्दै त्यसका लागि सिमा रेखाङकनका बौद्धिक ब्यत्तिहरु, सबै पार्टीको तर्फबाट प्रतिनिधित्वहरु बुद्धिजिबि सहितको बृहत भेलाले एउटा साझा अबधारणासहित यसलाई राष्टिय मुद्धा बनाउनु पर्दछ । कुटनीतिक पहल मार्फत पुराना सबै सम्झौता खारेज वा पुर्णबिचार गर्दै यो सदियौको पिलोलाई निचोर्ने र फाल्ने काम तत्काल गर्नुपर्दछ ।
नेपाल आमालाई अब अझै बलत्कार गरेको हेर्ने साहस अब हामीमा छैन । ति सिमाका नेपालीको रगत कति उम्लदोहो तर विचरा निरही छन । आखाँ भरी समुद्रि छाल सरह आँःशुस खसाल्न विवस छन उनीहरु । विचराहरु कसैले आजको दिनमा सच्चा नेपाली को हो ? भनेर सोध्यो भने मेरो एउटै उत्तर हुन्छ ति सिमाका नेपाली दाजुभाई ।
मिचिएको हाम्रो भुमि फिर्ता पाउनै पर्छ, विस्तारवादको गिद्धे नजर अब सहन हुन्न । यथाशिघ्र बार्ताबाट समस्या समाधान गरौं । नेपाल सरकारलाई मेरो आग्रह छ, ‘अब त अति भयो, नेपाल भारत बोर्डर छिटै बन्द गरौ । सिमानामा पर्खाललाउने कार्य अब ढिला नगरौ । त्यो भन्दा अगाबै सुरक्षाबल शशस्त्र र हाम्रो आर्मि फोर्सलाई सिमानामा खटाउ।’
अझैपनि हाम्रो सरकार माथि हाम्रो भरोसा छ । कसैले कसैलाई लान्छना नलगाई नेपाल आमाको अस्तित्व जोगाउन सकारात्मक पहल गरौ । अन्तमा, माधब घिमिरे र नातिकाजीको गित सापटी लिदै पुर्णबिराम ।
नेपाली हामी रहुला कहाँ नेपालै नरहे
उचाई हाम्रो चुलिन्छ कहाँ
हिमालै नरहे, हिमालै नरहे ।