एकाविहानै थपिए ३७ जना कोरोना संक्रमित

शुक्रबार, ३० जेष्ठ २०७७

पोखरा – गण्डकी प्रदेशमा एकाविहानै ३७ जना कोरोना संक्रमित थपिएका छन । शुक्रवार बिहान प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार विभिन्न ४ जिल्लाका ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

निर्देशनालयका अनुसार शुक्रवार बिहान सबैभन्दा धेरै स्याङ्जामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी पर्वतका १३ जना, तनहुँको १ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।