बिदाको दिनमा पनि बैंक खोल्न निर्देशन

शुक्रबार, ३० जेष्ठ २०७७

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले शनिबारलगायतका सार्वजनिक बिदाका दिन बैंक सञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्र बैकले सबै वर्गका बैंकशरुलाई यस्तो निर्देशन दिएको हो ।

करदाताहरूले कर सहज रूपमा बुझाउने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैङकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखारकाउन्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउससमेत पूर्णकालीन रूपमा खोल्न निर्देशन दिइएको नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए ।

सार्वजनिक बिदामा पनि करिब चारदेखि पाँच हजार चेक क्लियरिङ हुँदै आएको र दैनिक रूपमा यो बढ्दो क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसबाट सरकारी भुक्तानी, कर तथा राजस्व सङ्कलन र सामान्य व्यक्तिलाई पनि निकै सहज हुन थालेको राष्ट्र बैङ्कको दाबी छ ।