को हुन सरिता गिरीको घरमा कालो झण्डा गाढ्ने ? खुल्यो पहिचान
काठमाडौं – जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा कालोझण्डा गाड्ने व्यक्ति उनकै कार्यकर्ता भएको खुलेको छ । जनता समाजबादी पार्टीको विद्यार्थी संगठनका केन्द्रीय सचिवको नृतत्वमा कालोझण्डा गाडेको खुलेको छ ।
नेपालको नयाँ नक्सा अस्वीकार गर्दै संविधान संशोधन विधेयक खारेजीको माग राखेर संसद सचिवालयमा संशोधनको सूचना दर्ता गरेपछि गिरी विवादमा छिन् । उनलाई संशोधन फिर्ता लिन पार्टीले बुधबारै निर्देशन दिएको थियो ।
निर्देशन लगत्तै केही युवाको हुल विशालनगरस्थित गिरी निवासमा पुगेर कालो झण्डा देखाउनुको साथै उनीविरुद्ध नाराबाजी गरेका थिए । बिरोध गर्ने समूहमा समाजवादी पार्टीको विद्यार्थी संगठन केन्द्रीय सचिव हेमराज थापाको अगुवाई रहेको थियो ।
सचिव थापाको हर्कदबारे छलफल भइरहेको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले बताए । एक भिडियोमा लामो कपाल पालेका समाजवादी विद्यार्थी युनियनका सचिव हेमराज थापाले घरको गेटमा लात्तीले हान्छन् र अरुले पनि पालैपालो लात्ती हानेर भागेको देखिएको भन्दै उनलाई स्पष्टीकरण सोधिने श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठले यसबारेमा संगठनभित्र छलफल भइरहेको र थापाको सो कार्य संगठनको नीति विपरीत रहेको बताए ।