कक्षा १२ को परीक्षा हुन्छ की हुदैन ? मन्त्रालयबाट आयो स्पष्ट धारणा
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले कक्षा १२ परिक्षा जसरी पनि हुने बताएका छन । मन्त्री पोखरेलले केही कानुनी जटिलताका कारण कक्षा १२ को परिक्षा संचालन गर्नै पर्ने बाध्यता भएकाले लकडाउन खुलेको केही समयमा परिक्षा हुने बताए ।
सरकारले कोरोनाभाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढ्दै गएपछि एसईई परीक्षालाई स्थगन गरी विद्यालयहरुको आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा वोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय गरेपछि कक्षा ११ र १२ का विद्यार्थीहरु पनि यस्तै हुनेमा आशाबादी थिए । तर कक्षा १२ को परिक्षा जसरी पनि गर्न पर्ने मन्त्री पोखरेलको भनाई छ ।
मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै मन्त्री पाखरेलले भने, ‘केही समयपछि परिस्थितिको थप मूल्याङ्कन गरी यसबारे निर्णय गरिनेछ । कक्षा १२ को परीक्षाको हकमा परिस्थिति सहज भएपछि परीक्षा गरिन्छ । अर्को ढंगले यसमा सोचिदैन । ११ को सन्दर्भमा हामीलाई कुनै कानूनी जटिलता छैन् । मन्त्रालयले यो परीक्षा नै गराउनुपर्छ भन्ने पनि छैन, ढिला पनि भएको छैन् ।’
उनको आसय कक्षा ११ को परिक्षा नगर्दा पनि हुने भएकाले खासै समस्या नभएको भन्ने थियो । ११ को परिक्षा अर्को बर्ष गर्दापनि हुने भएकाले यसमा समस्या नभएको बुझिएको छ । उनले परीक्षा गर्दा पढाइको स्तर अगाडि बढ्ने र त्यसले गुणात्मकतालाई पनि जोड दिने भएको कारणले गर्दा हामी अलि बढी परीक्षामुखि भएको बताए ।
उले भने, ‘अहिले विभिन्न कोणबाट विज्ञहरुबाट आएका सुझावलाई ध्यान दिएर हामी आगामी दिनमा अहिले त अहिले भएको ऐन अन्तर्गत नै व्यवस्थापन गर्नुपर्छ । यो कतिपय सुझावहरुलाई अव यो संघीय शिक्षा ऐन हामी बनाउँदै छौं । अहिले हामीले चाहिं क्याविनेटले सैद्धान्तिक सहमति दिएर अर्थको सहमति प्राप्त गरेर कानून मन्त्रालयमा गएको छ । अव संसदमा जान्छ । कतिपय मुद्दालाई हामी ऐनमा नै सम्बोधन गर्छौंँ ।’