यी ४ जिल्लामा अझै कायम छ पूर्ण लकडाउन
काठमाडौँ – सरकारले ४ जिल्लामा पूर्ण लकडाउन जारी राखेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ सय बढी सक्रिय संक्रमण केस भएको जिल्लामा पूर्ण लकडाउन गरिएको हो ।
जसअनुसार सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखमा लकडाउन जारी छ ।
यी जिल्लाहरुमा ‘एक्टिभ’ संक्रमण संख्या २ सय भन्दा बढी छ । सर्लाहीमा ४ सय ७१, रौतहटमा ५ सय १६, कपिलवस्तुमा ३ सय ५३, र दैलेखमा ४ सय ४३ जना संक्रमित छन् ।