खतरामा योगी आदित्यनाथको ज्यान, बम प्रहार गरेर मार्ने धम्की
काठमाडौं – भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सुरक्षा खतरा बढेको छ । समाचारमा जनाइअनुसार अज्ञात समुहले योगीको निवाससहित अन्य महत्वपूर्ण स्थानम बम प्रहार गर्ने धम्की दिइएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
कल सेन्टरमार्फत बम प्रहार गर्ने धम्की आएपछि मुख्यमन्त्रीको निवाससहितका स्थानमा सुरक्षा व्यवस्था कडा बनाइएको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ ।
आजतककाअनुसार स्थानीय प्रशासनले मुख्यमन्त्री निवास ५, कालीदासमार्ग क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको हो । बम डिस्पोजल टोली तथा तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मीको टोलीले अनुसन्धान गरिरहेको छ ।
हालैमात्रै मुख्यमन्त्री योगीलाई धम्की दिएको आरोपमा एक युवकलाई पक्राउ गरिएको थियो ।