आज थपिए २७३ जना कोरोना संक्रमित, दुई जनाको मृत्यु

शनिबार, ३१ जेष्ठ २०७७

काठमाडौं – नेपालमा शनिबार २७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। उनीहरु मध्ये २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा २७३ जना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ। तीमध्ये ९१३ जना उपचारपछि निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ।

शनिबारसम्म नेपालमा १ लाख २७ हजार २ सय ८८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५० हजार ५ सय ५० जनालाई क्वारेन्टिनमा राखिएको छ।