प्रेरक प्रसंग : सजिलो बाटो बास्तवमै कठिन हुन्छ
काठमाडौ – एक पटक लार्क चरा जङ्गलमा गाइरहेको थियो । एउटा किसानले किरा भरिएको बाकस लिएर आए । त्यो लार्कले किसानलाई रोकेर सोध्यो, ‘तपाईले बाकसमा के ल्याउनु भएको छ ? र तपाईँ कहाँ जाँदै हुनुहुन्छ ?
किसानले बजारमा बेच्नका लागि किराहरु बाकसमा ल्याएको र प्वाखहरुको आबस्यकता परेको उत्तर दिए । त्यो लार्कले फेरी भन्यो, ‘मसँग धेरै प्वाखहरु छन, म तपाईँलाई एउटा प्वााख उखेलेर दिन्छु त्यो बाकसका किरा मलाई दिनुहोस् ।’
किसानले बाकसको सबै किरा लार्कलाई दिए र प्वाख लिएर गए । अर्को दिन पनि त्यही घटना घट्यो । दिनदिनै प्वााख दिनाले केही समय पछि एक दिन लार्कसँग थोरै मात्र प्वााख बाँकी रह्यो । अब उ धेरै टाढा उड्न पनि नसक्ने भयो । चारो खोज्न असमर्थ बन्यो । उ नराम्रो देखिन थाल्यो । उसले गाउन पनि छोड्यो र चाँडै मर्यो ।
यो कथाको शिक्षा स्पष्ट नै छ, ‘लार्कले खाना पाउने सजिलो बाटो सोचेको कुरा नै पछि गएर सबैभन्दा कठिन बाटो बन्न पुग्यो ।’ के यही कुरा हाम्रो जीवनमा पनि सत्य हुँदैन र ? धेरै समय हामी सजिलो बाटो खोज्दछौं, जुन अन्त्यमा सबैभन्दा कठिन बाटो बन्न पुग्दछ ।