प्रधानमन्त्री ओली आज मोरङ जाँदै

मंगलबार, १८ फाल्गुन २०७७

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङ जाँदै छन् । मंगलबार दिउँसो उनी मोरङको उर्लाबारी हुँदै झापासम्म पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवलायले जनाएको छ ।

मोरङको उर्लाबारीमा प्रधानमन्त्री ओलीले एकिकृत सन्थाल बस्तीको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि उनी सोझै झापा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे यति एयरलाइन्समार्फत विराटनगर जाने भएका हुन् ।