कति छ आज सुनको मूल्य ?

सोमबार, २ चैत्र २०७७

काठमाडौं– सोमबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

हिजो (आइतबार) प्रतितोला ८६ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज यथावत रही प्रतितोला ८६ हजार ६०० रुपैंयामा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य पनि प्रतितोला ८६ हजार १५० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य भने तोलामा ५ रुपैंयाले बढेर प्रतितोला १२ सय ७५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय ७० रुपैंया रहेको थियो ।