बालुवाटारमा एमाले संसदीय दलको बैठक सुरु, कति जना छन उपस्थित ?
काठमाडौँ – नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली निकटका सांसदहरुको उपस्थिति रहेको छ ।
एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहका सांसदहरुले भने बैठक बहिस्कार गरेका छन् । सो पक्षका ४४ जना सांसद अनुपस्थित भएका हुन् ।
सो समूहका सांसदहरु बिहीबार बिहान सानेपास्थित एक पार्टी प्यालेसमा छलफलमा जुटेका थिए । सो छलफलले सुरुमा बैठकमा जाने निष्कर्ष निकालेको भए पनि पछि नेताहरुबाट विरोध भएपछि फेरि नजाने निर्णय गरेका हुन् ।
स्थायी कमिटि सदस्य बाहेकका नेताहरु बालुवाटार बैठकमा जाने निर्णय भएको थियो । तर, केही नेताहरुले भने बालुवाटार बैठकमा जाने निर्णय आत्मघाती रहेको भन्दै विरोध भएपछि नजाने निर्णय भएको हो ।
बालुवाटारमा प्रधानमन्त्रीसहित ७६ जनाको उपस्थिति रहेको बालुवाटारबाट एक नेता जानकारी दिए ।