माओवादीसँग मिल्ने सम्भावना छैनः ओली

बिहिबार, ५ चैत्र २०७७

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले फेरि पनि नेकपा माओवादी केन्द्रसँग कार्यगत एकता गर्नुपर्नेमा जोड दिइरहेका बेला अध्यक्ष केपी ओलीले भने ढाडै अस्वीकार गरेका छन् । आज बालुवाटारमा सम्पन्न एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले तत्काल माओवादीसँग मिलेर जाने कुनै सम्भावना नरहेको प्रष्ट्याए ।

दलको बैठकमा झलनाथ – माधव पक्ष अनुपस्थित रहेपनि वाम एकताको पक्षमा ओलीले भने– हाम्रै केही साथीलाई फेरि पनि माओवादीसँग कार्यगत एकता गरेर जाने रहर छ, तर अहिलेलाई त्यसको कुनै सम्भावना छैन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्ला गतिविधि र व्यावहारले एमालेसँगको कार्यगत वा पार्टी एकीकरणको कुनै सम्भावना नरहेको प्रष्ट्याएको छ – उनले भने ।