किशोरी बलात्कार गरेको अभियोगमा एक जना पक्राउ
गुल्मी – किशोरी बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धुर्कोट गाउँपालिका–५ बस्ने ३६ वर्षीय विष्णु बहादुर सार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विष्णुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यस बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।