किन बाेलाए रामचन्द्र पाैडेलले छुट्टै भेला ?
काठमाडौं –नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको भेला बोलाएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारको विकल्प दिन अग्रसरता नलिएको भन्दै पौडेलले भेला बोलाएका हुन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढाल्न अग्रसरता नदेखाएको तथा १४ औं महाधिवेशन तयारीका लागि गर्नुपर्ने कामहरू नभएको पौडेलको पक्षको भनाइ छ। उनले आफ्नो निवासमा नै नेताहरुलाई बोलाएका हुन् ।
प्रतिनिधि सभा पुनर्स्थापना भएपछि पनि नयाँ सरकार बनाउन नसकिएको, संसदको बैठक पनि प्रभावकारी नभएको, वर्तमानमा कांग्रेसको भूमिकालगायत विषयमा नेताहरुबीच छलफल भएको हो ।