घट्यो सुनको मूल्य, कति छ आज तोलामा ?
काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचादीँ व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला ८७ हजारमा कायम रहेको छ ।
अघिल्लो दिन सुन तोलको ८७ हजार दुई सयले कारोबार भएको थियो।
आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार चाँदी तोलमा १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो।