बोलायो नेपाल समूहले केन्द्रीय सदस्यहरुको बैठक

बिहिबार, १२ चैत्र २०७७

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भोलि शुक्रबार केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ ।

पार्टीमा देखिएको विवाद र नेताहरुलाई सोधिएको स्पष्टीकरणबारे छलफल गर्न बैठक बोलाइएको नेता राजेन्द्र राईले जानकारी दिए । बैठक बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बस्ने बताइएको छ ।

नेपाल समूहका नेताहरुका अनुसार स्पष्टीकरणको जवाफ तयार भइरहेको छ । यसका लागि नेपाल समूहका स्थायी कमिटी सदस्यहरुबीच बुधबार छलफलसमेत भएको थियो ।