थप ३३९ जनामा कोरोना संक्रमण

बुधबार, २५ चैत्र २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर दुई हजार २०१ संक्रिय संक्रमित छन् ।