एकैसाथ गुम्यो बादलको राष्ट्रिय सभाको सांसद र गृहमन्त्री पद
काठमाडौँ – नेकपा माओवादी केन्द्र छाडेर एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई साथ दिदै आएका राष्ट्रिय सभा सदस्य राम बहादुर ‘बादल’ थापा राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका छन् ।
संघीय संसद सचीवालयले आज एक सूचना जारी गर्दै थापाको संसद पद खारेज भएको जानकारी गराएको हो । योसँगै थापा गृहमन्त्रीको जिम्मेवारीबाट पनि स्वत पदमुक्त भएका छन् ।
२०७४ सालमा राष्ट्रियसभा गठनका क्रममा माओवादी केन्द्रको उम्मेदवारका रुपमा थापा वागमती प्रदेशबाट निर्वाचित भएका थिए ।
बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्त गर्ने बताइएको छ । रिक्त राष्ट्रियसभा सदस्य पदका लागि ३५ दिनभित्र उपनिर्वाचन हुनेछ ।
