माअोवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक
काठमाडौं – माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।
माओवादी केन्द्रले सोमबार बिहान ११ बजेका लागि बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले केपी शर्मा अोली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने उनले बताए ।
भोलिको बैठकमा नयाँ सरकार बन्ने भए पनि नभए पनि यो सरकारलाई समर्थन नरहेको जानकारी गराउने श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार बैठमा पछिल्लो राजनीतिक परिस्थितिबारेमा पनि छलफल हुने उनले बताए ।