एकैदिन थपिए १७३६ कोरोना संक्रमित, ११ जनाको मृत्यु
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर आठ हजार ५५ नमूनाको पिसिआर परीक्षण र ६८३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट एक हजार ६ सय ६७ जना र एन्टिजेन विधिबाट ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
यसैगरी काठमाडौँ ५५०, ललितपुर १०५ र भक्तपुरमा ३५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १०२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी २४ घण्टामा २५१ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ । निको हुनेको दर ९५.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।