आज कस्तो रहला देशभरको मौसम ?

बिहिबार, १६ बैशाख २०७८

काठमाडौं – आज देशका पहाडी भू–भागका थोरै स्थानमा र तराईका एक–दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन,चट्याङ्ग, हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका भू–भागमा आंशिक बदली र पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाको भनाई छ ।

देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले बताएको छ । हाल देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सफा रहेको छ ।