भारतमा एकैदिन ४ लाख बढी संक्रमित

बिहिबार, २३ बैशाख २०७८

काठमाडौं – कोरोना भाइरसको महामारीको दोस्रो लहर फैलिएको भारतमा एकै दिन चार लाख १२ हजार ६१८ जना संक्रमित थपिएका छन्।

यस्तै २४ घन्टामा तीन हजार ९८२ जनाको मृत्यु भएको छ। भारतमा बुधबार एकै दिनमा अहिलेसम्मकै बढी संक्रमण र मृत्यु भएको हो। भारतमा दोस्रो पटक कोरोना संक्रमितको संख्या चार लाख नाघेको हो।